इटहरी : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २०औँ साधारणसभा तथा अधिवेशनबाट कोशी प्रदेशको प्रतिनिधित्व गर्दै कमल तिम्सिना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
दुई दशकभन्दा बढी समयदेखि शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउन सक्रिय तिम्सिना साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए।
परामर्श व्यवसायमा निरन्तरता, जिम्मेवारी र परिणाममुखी भूमिकाका कारण उनी सदस्यहरूको विश्वास जित्न सफल भएका हुन्।
विजयपछि तिम्सिनाले केन्द्र र शाखाबीच देखिँदै आएको दूरी घटाउनु आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छन्।
शाखाहरूले भोगिरहेका व्यवहारिक समस्या, चुनौती र आवश्यकता केन्द्रसम्म प्रभावकारी रूपमा पुर्याउने तथा केन्द्रबाट निर्माण हुने नीति, अवसर र व्यावसायिक सम्भावनालाई देशभरका शाखासम्म विस्तार गर्ने प्रतिबद्धता जनाए।
उनले शैक्षिक परामर्श व्यवसायलाई कानुनी, नैतिक र गुणस्तरीय ढाँचामा अघि बढाउन आचारसंहिता कार्यान्वयन, सदस्य संस्थाको क्षमता अभिवृद्धि, तालिम तथा नीतिगत मार्गदर्शनमा केन्द्रित भएर काम गर्ने बताए।
यसैबीच, अधिवेशनले लक्ष्मण पौडेल (एन्ड्र्यू)लाई इक्यानको अध्यक्षमा निर्वाचित गरेको छ।












Discussion about this post