विराटनगर : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठक सम्पन्न भएको छ।
स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमहरूको समीक्षा र प्रगति साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा बैठकमा छलफल भएको छ।
कार्यक्रम अन्तर्गत करिब ८ करोड रुपैयाँ बराबरको कम्प्युटर प्रिन्टर लगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेनजी आन्दोलनपछि वडा कार्यालयहरू सञ्चालन गर्न सहयोग पुगेको छ।
यो कार्यक्रमले संघीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ।
प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्ने बताए। उनले स्विस सरकारको सहयोगमा भएको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुंग्याउनुपर्ने उल्लेख गरे।














Discussion about this post