इटहरी : इलाका प्रहरी कार्यालय इटहरीको पहलमा यहाँका विभिन्न स्थानमा रहेका सडक मानवहरूको उद्धार गरिएको छ।
माया घर नेपाल इटहरी, बाल आवाज इटहरी, इन्भारो केयर इटहरी तथा इटहरी उपमहानगरपालिकाको संयुक्त सहकार्यमा उद्धार अभियान सञ्चालन गरिएको हो।
उद्धारका क्रममा तत्काल नाम, थर र वतन नखुलेका सडकमै बसोबास गर्दै आएका अन्दाजी ५०-५५ वर्ष उमेरका २ जना पुरुषलाई मोरङको सुन्दरहरैंचा नगरपालिका-५ स्थित स्वामी सदानन्द प्रणाली च्यारिटेबल ट्रष्ट (नयाँ वृद्धावन गौशाला)मा पठाइएको छ।
यस्तै, अन्दाजी १३ र १५ वर्ष उमेरका २ जना बालकलाई बाल आवाज इटहरीमा संरक्षणका लागि राखिएको छ।
त्यस्तै, अन्दाजी २० वर्षीया महिला र उनका १ वर्षे छोरालाई माया घर नेपाल इटहरीमा उद्धार गरी संरक्षणमा पठाइएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका सबैको आवश्यक हेरचाह, स्वास्थ्य परीक्षण तथा पुनर्स्थापनाका प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।















Discussion about this post