विराटनगर : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले कोशी प्रदेशअन्तर्गत रहेका सबै प्रहरी कार्यालयका प्रमुखलाई भर्चुअल माध्यमबाट निर्वाचन लक्षित आवश्यक निर्देशन दिएका छन्।
निर्देशनका क्रममा डीआईजी घिमिरेले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन जोड दिए।
उनले संवेदनशील क्षेत्रहरूको पहिचान गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन, नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाउन तथा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिए।
उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगेन्द्र सिंह थापाले शान्ति-सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह तथा अपराध अनुसन्धानलाई नतिजामुखी बनाउँदै कार्यसम्पादन सूचाङ्कअनुसार जिल्ला प्रहरी कार्यालयहरूले प्रहरी काम–कारबाहीमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।
उनले निर्धारित लक्ष्यअनुसार शतप्रतिशत कार्यसम्पादन गर्न नसकेका प्रहरी कार्यालयहरूले जिम्मेवारीबोधका साथ आ–आफ्नो पदीय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।














Discussion about this post