विराटनगर : कोशी प्रदेश सरकारको बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ।
कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार आयोजना छनोट तथा वर्गीकरण आयोजना बैंक व्यवस्थापन कार्यविधि लाई संशोधन गर्नका लागि आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा लैजाने निर्णयसमेत भएको छ।
त्यस्तै, बैठकले आर्थिक वर्ष २०८३।८४ का लागि प्रदेशबाट कार्यान्वयन हुने समग्र र विशेष अनुदानका आयोजनाहरू राष्ट्रिय योजना आयोगमा प्रविष्ट गर्ने निर्णयसमेत गरिएको छ।














Discussion about this post