इटहरी : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारमा भौतिक स्वरूपका चुनाव चिह्न दुरुपयोग बढेपछि निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई कडा निर्देशन दिएको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै काठ, फलाम वा अन्य सामग्रीबाट बनेका चिह्न प्रयोग गर्दा सुरक्षामा असर पर्ने गुनासा आएको उल्लेख गरेको छ।
यस्तो प्रवृत्ति बढेपछि कानुनबाहिरका प्रतीक प्रयोग नगर्न स्पष्ट चेतावनी दिइएको हो।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा कानुनले तोकेको मापदण्डअनुसार दलको झण्डा र कागजमा छापिएको निर्वाचन चिह्न मात्र प्रयोग गर्न पाइने उल्लेख छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले निर्धारण गरेको स्वरूप बाहेक अन्य तरिकाले चिह्न प्रयोग गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।
उल्लंघन गरेको पाइए आचारसंहिताअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।














Discussion about this post