इटहरी : नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।
निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ १० पैसा, डिजेल प्रतिलिटर २ रुपैयाँ ४६ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसाले वृद्धि भएको छ।
यद्यपि उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले हालका लागि खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।













Discussion about this post