इटहरी : झुम्का कारागारबाट फरार एक कैदी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा थुनामा रहेका धनकुटाको सागुरीगढी गाउँपालिका–९ का २३ वर्षीय सालिन राई जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।
कारागार प्रशासनका अनुसार कारागारबाट भागेर फरार भएका थिए। त्यसयता प्रहरी उनको खोजतलासमा जुटेको थियो।
सोही क्रममा मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खोजी कार्यलाई तीव्र बनाउँदै मिति शनिवार राति केराबारी गाउँपालिका–९ भलुवा क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला कारागार मोरङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।















Discussion about this post