इटहरी : इटहरी २० तरहरामा सक्रिय युवाहरूको पहलमा गठन भएको तरहरा साइक्लिङ क्लबको नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको पदस्थापनसमेत सम्पन्न भएको छ।
नयाँ कार्यसमितिअनुसार अध्यक्षमा सुरज क्षेत्री, उपाध्यक्षमा मानबहादुर राजवंशी, सचिवमा सुरज लामा, सहसचिवमा मदन बस्नेत, कोषाध्यक्षमा प्रेम लामा चयन भएका छन्। यसैगरी सदस्यहरूमा बहादुर तामाङ, किशोर खत्री, सन्जित बिक र विनोद गुरुङ रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष मनिराम श्रेष्ठ थिए भने विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ र क्लबका संस्थापक अध्यक्ष शिव रुम्दाली रहेका थिए।
नवनिर्वाचित अध्यक्ष क्षेत्रीले क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउँदै युवाहरूलाई साइक्लिङमार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले वातावरण संरक्षण, सडक सुरक्षा सचेतना तथा सामाजिक अभियानमा क्लबले महत्वपूर्ण भूमिका खेल्ने बताए।
क्लबले प्रत्येक वर्ष ‘कोरा’ कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।
आगामी दिनमा नियमित साइक्लिङ राइड, जनचेतनामूलक अभियान तथा सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरिएको छ।















Discussion about this post