इटहरी : मोरङ क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झा निर्वाचित भएकी छन् ।
झाले कुल ३०,४३४ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९,४१५ मत मात्र प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१,०१९ रहेको छ ।
यसैगरी जनता समाजवादी पार्टीका राजकुमार यादवले ८,७४७ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार शिवकुमार मण्डल केवटले ८,६१४ मत पाएका छन् । नेकपा (एमाले) का उम्मेदवार मनोजकुमार अग्रवालले ६,९४५ मत पाएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा कुल ७८,४४९ मत खसेको थियो । जसमध्ये ७०,५६० मत सदर भएका छन् भने ७,८८९ मत बदर भएको छ ।














Discussion about this post