संखुवासभा : संखुवासभाबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार कार्कीले १५ हजार ६ सय ३६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्। कार्की र शेर्पाबीचको मतान्तर ६ सय ३६ रहेको छ ।
त्यसैगरी नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गरिन्।














Discussion about this post