इटहरी : निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको छ।
आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलहरूको समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) बमोजिम सम्बन्धित दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनअनुसमार तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने दलहरूको सिट संख्या टुंगो लगाइएको अयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फ प्राप्त मतका आधारमा रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
दलहरूलाई तीन दिनभित्र समानुपातिकको सूची बुझाउनसमेत आयोगले निर्देशन दिएको छ।














Discussion about this post