Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरमा किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

रासस by रासस
चैत्र ४, २०८२
in समाचार
0
भोजपुरमा किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत
63
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरमा किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ ।

विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको छ ।

राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्यधिक हुने भएकाले किसानले यसबाट पर्याप्त आर्थिक लाभ लिन सक्ने अवस्था रहेको उनको भनाइ छ ।

अध्यक्ष चापागाईँका अनुसार राम्रो आकारको २१ मुखे रुद्राक्षको एउटै दाना प्रतिगोटा रु ५५ लाखदेखि रु ६० लाखसम्ममा बिक्री हुने गर्दछ ।

रुद्राक्षमा देखिने प्राकृतिक धर्सा वा रेखाका आधारमा यसको ‘मुख’ निर्धारण गरिन्छ । सामान्यतया आठदेखि २९ मुखसम्मका दानालाई मुखदार रुद्राक्ष मानिन्छ । व्यापारीका अनुसार रुद्राक्षको मुखको सङ्ख्या जति धेरै हुन्छ, त्यति नै दुर्लभ र मूल्यवान् मानिने भएकाले यसको बजार मूल्य सोहीअनुसार उच्च हुने गर्दछ ।

दिङ्ला क्षेत्रमा यस वर्ष एउटा २९ मुखे रुद्राक्षसमेत फलेको अध्यक्ष चापागाईँले जानकारी दिए । २९ मुखे रुद्राक्ष दुर्लभ मानिने भएकाले यसको मूल्य निकै महँगो हुने गर्दछ ।

धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा उच्च रहेको छ । दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम रु एक लाखदेखि अधिकतम रु ५० लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए ।

गत वर्ष मात्र भोजपुरबाट करिब २१ लाख किलो रुद्राक्ष बिक्री भएको तथ्याङ्क रहेको अध्यक्ष चापागाईँले बताए । “करिब ६ लाख किलो रुद्राक्ष चीनतर्फ निर्यात भएको थियो । बाँकी भारतमा निर्यात गरिएको तथ्याङ्क छ”, उनले भने ।

रुद्राक्षको मूल्य निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ । राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको मूल्य बजारमा धेरै हुने गर्दछ ।

भोजपुरमा करिब ३० हजारदेखि ४० हजार किसान प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी सङ्घले जनाएको छ ।

दिङ्ला क्षेत्रका किसानले उत्पादन गरेको रुद्राक्ष खरिद गर्न चीनका व्यापारी घर–घरमासमेत आउने गरेका छन् । यो क्षेत्रमा रुद्राक्ष अत्याधिक उत्पादन हुने भए पनि यसको प्रमुख प्रारम्भिक बजार भने सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार रहेको छ । यहाँका किसानले उत्पादन गरेको रुद्राक्ष ती बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।

खाँदबारीबाट भने रुद्राक्ष तराईका विभिन्न जिल्ला, काठमाडौँ तथा चीन र भारतसम्म निर्यात हुने गरेको छ । पछिल्लो समय युरोप, अमेरिकालगायतका मुलुकमासमेत नेपाली रुद्राक्षको माग बढ्दै गएको व्यापारीहरू बताउँछन् ।

इतिहासका अनुसार भोजपुरमा रुद्राक्ष खेतीको सुरुवात धेरै पुरानो मानिन्छ ।

विसं १९३२ भन्दा अघि भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्ला क्षेत्रमा रुद्राक्षको बिरुवा रोपेको पाइएको छ । त्यसपछि यहाँ क्रमशः यसको विस्तार हुँदै गएको स्थानीय बताउँछन् । अहिले भोजपुरको दिङ्ला क्षेत्र नेपालकै प्रमुख रुद्राक्ष उत्पादन केन्द्रका रूपमा चिनिन्छ ।

रुद्राक्षले धार्मिक तथा आध्यात्मिक रूपमा पनि विशेष महत्त्व राख्छ । हिन्दु धर्मावलम्बीले रुद्राक्षलाई भगवान् शिवसँग सम्बन्धित पवित्र वस्तुका रूपमा लिने गर्छन् ।

त्यसैले पूजा, जपमाला तथा विभिन्न धार्मिक अनुष्ठानमा यसको प्रयोग हुने गर्दछ । सामान्यतया कालो रङको रुद्राक्षलाई सबैभन्दा राम्रो मानिन्छ । जुन रुद्राक्षमा प्वाल नपारीकन नै धागो छिराउन सकिन्छ । प्राकृतिक रूपमा बनेका यस्ता दाना दुर्लभ हुने भएकाले यसको मूल्य धेरै हुने गर्दछ ।

भोजपुरको षडानन्द नगरपालिकाअन्तर्गत नेपालेडाँडा, कुदाकाउले, देउराली, मुलपानी, केउरेनीपानी लगायतका स्थानमा रुद्राक्ष खेती व्यापक रूपमा हुँदै आएको छ । यसबाहेक जिल्लाका अन्य विभिन्न स्थानमा पनि यसको उत्पादन बढ्दै गएको छ ।

यद्यपि किसानले रुद्राक्ष खेतीसँगै समस्या पनि भोगिरहेका छन् । विशेष गरी राम्रो दाना चोरी हुने, रुद्राक्षका बोट काटिदिने जस्ता समस्या बढ्दै गएको किसानको गुनासो छ ।

यसको संरक्षण तथा व्यवस्थित बजार व्यवस्थापन गर्न सकेमा रुद्राक्ष खेती अझ बढी लाभदायक बन्न सक्ने स्थानीयको भनाइ छ । उचित संरक्षण, बजार व्यवस्थापन र प्रवर्द्धन गर्न सकेमा रुद्राक्षले भोजपुरका किसानको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

Tags: #भोजपुर#राससरुद्राक्ष खेती
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.