Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तेह्रथुमको फेदापमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

रासस by रासस
चैत्र १५, २०८२
in समाचार
0
तेह्रथुमको फेदापमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
59
SHARES
Share on FacebookShare on Twitter

तेह्रथुम : जिल्लाको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

लोपोन्मुख सांस्कृतिक वस्तुहरूको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । फेदाप गाउँपालिकाको सेवा केन्द्र पोक्लाबाङ बजारदेखि करिब दुई किलोमिटर उत्तरमा सांस्कृतिक सङ्ग्रहालय निर्माण भइरहेको छ ।

झिङ्गटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको सङ्ग्रहालय भवनको निर्माण गरिएको हो ।

पोक्लाबाङलाई माङ्गेन्ना यक मान्नेहरूको साझा संस्था पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ नामक संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भइरहेको हो ।

पोक्लाबाङलाई माङ्गेन्ना यक मान्ने याक्थुङ (लिम्बू)हरूसँग सम्बन्धित पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक कागजात, तत्कालीन गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियारलगायत सामग्री सङ्कलन गरी सङ्ग्रहित गर्नेगरी सङ्ग्रहालय निर्माण भइरहेको संस्थाका सल्लाहकार समिति सदस्य विजय निङलेकुले बताए ।

पोक्लाबाङ फेदाप क्षेत्रका १९ थरि याक्थुङ (लिम्बू)हरूले माङ्गेन्ना यकका रूपमा मान्दै आएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष लोकबहादुर सिङ्गकले बताए ।

याक्थुङ (लिम्बू) जातिअन्तर्गत प्रत्येक थरि र थर समूहको आआफ्नो माङ्गेन्ना यक हुन्छ । आफ्नो पुर्खा पहिलोपल्ट देखापरी घरघडेरी बनाएको, भष्मे फाँडेर आवाद गरेको स्थानलाई उनीहरू माङ्गेन्ना यकका रूपमा पुज्ने र पुकार्ने गर्दछन् ।

सहरी विकास मन्त्रालयको भ्याटसहित रु दुई करोड ७३ लाख बजेटमा मारुती विल्डर्स निर्माण कम्पनीले २०८१ साल असारदेखि सङ्ग्रहालय निर्माणको काम सुरु गरेको थियो ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको सङ्ग्रहालय भवन चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीका सबइन्जिनियर सुवास मगरले बताए ।

स्थानीय दुई व्यक्तिले निःशुल्क दान गरेको दुई रोपनी क्षेत्रफलमा निर्माणाधीन सङ्ग्रहालय निर्माण सम्पन्नपश्चात पोक्लाबाङ यक सांस्कृतिक पर्यटकीयस्थलसँगै संस्कृति र इतिहास अध्ययनको केन्द्रका रूपमा विकास हुने विश्वास लिइएको पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बताए ।

Tags: #तेह्रथुम#रासससांस्कृतिक सङ्ग्रहालय
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक
विविध

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा देखिएको शीघ्र कुपोषणको अवस्थाले भौगोलिक रूपमा मात्र नभई तराईदेखि पहाडसम्मै बाल पोषणको चुनौती...

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त
समाचार

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

by टाकुरा न्यूज । इटहरी
भदौ १६, २०८३
0

इटहरी : गुरुकुल मिडिया प्रालिद्वारा सञ्चालित टाकुरा न्यूजले आफ्नो समाचार तथा साहित्यिक सामग्रीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले...

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३
संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

संखुवासभाका अलपत्र सडकमा मन्त्री आचार्यको ‘एक्सन’ : समयमै काम नभए ठेक्का तोड्ने चेतावनी

भदौ १६, २०८३
संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

संखुवासभामा भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

भदौ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषण चिन्ताजनक

भदौ १६, २०८३
टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

टाकुरा न्यूजको समाचार संयोजकमा पराजुली र साहित्यिक संयोजकमा भट्टराई नियुक्त

भदौ १६, २०८३
कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

कोशीका १५९ जना अझै बेपत्ता, सोलुखुम्बुका ४२

भदौ १६, २०८३
टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

टाकुरा न्यूजको सम्पादकमा अर्जुन उप्रेती

भदौ १६, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.