ताप्लेजुङ : ताप्लेजुङमा भर्याङबाट लडेर एक जनाको निधन भएको छ । फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्याङबाट लडेर निधन भएको हो ।
गुरुङ आफ्नै घरमा भर्याङ चढ्ने क्रममा अचानक चिप्लिएर लडेका थिए ।
टाउकोमा गहिरो चोट लागेपछि जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि पुर्याइएपनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post