वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिकाका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मेचीनगर ८, झापाकी ७२ बर्षीया वृद्धाको हिजो राती ९ बजेर २० मिनेटमा निधन भएको हो ।
यस्तै, इनरुवा ४ सुनसरीकी ४९ बर्षीया महिलाको पनि निधन भएको छ ।
उनको आज बिहान २ बजे निधन भएको हो । उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या भएपछि मेडिसिन वार्डमा भर्ना भएकी उनलाई कोडिभ पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post