इटहरी क्षेत्रमा सामाजिक गतिविधिमा निरन्तर क्रियाशील सन्तबहादुर डुम्जन नागरिक समाज इटहरीको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
इटहरीमा भएको नागरिक समाजको भेलाले ढुवानी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका समाजसेवी डुम्जनको अध्यक्षतामा समाजका लागि २१ सदस्यीय समिति पनि चयन गरेको छ । भेलाले नागरिक समाज इटहरीको उपाध्यक्षमा महेन्द्र गिरी, वीरबहादुर लिम्बु र राजु केसी, महासचिवमा चिरहाङ्ग राइ र सचिवमा बालिका भट्टराईलाई चयन गरेको छ ।
त्यसै गरी सदस्यहरुमा अनन्त बिष्ट, आरके राइ, सुरेन्द्र तामाङ्ग, गंगा आचार्य, राजेन्द्र बास्तोला, तेज दाहाल, उर्मिला कटुवाल, पूण्यप्रभा गुरागाइ, लक्ष्मी थेवे, भोलाकाजी बस्नेत, द्रोर्णबहादुर न्यौपाने, सुमित अधिकारी, शिवभक्त राजलवट, धनकुमारी जिमी, डिल्लीप्रसाद भट्टराइ छानिएका रहेका छन् ।














Discussion about this post