इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर पैदल हिँडिरहेका दुई जनालाई जाँच गरेको थियो।
जाँचका क्रममा इटहरी उपमहानगरपालिका–१ निवासी ३६ वर्षीया प्रगती खतिवडाको साथबाट १० ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा इटहरी–१ कै ३१ वर्षीय विश्वराज राईलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवैलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post