Sunday, May 31, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

रासस by रासस
जेष्ठ १७, २०८३
in विविध, समाचार
0
दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए
49
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल ज्योर्तीघाटमा एकैसाथ दुई वटा झोलुङ्गे पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बहुनीडाँडास्थित ठुलोढुङ्गा, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका-१४ लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको हो।

जोर्तीघाटमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई सहज रूपमा आवागमन गर्ने वातावरण बनेको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताइन्।

“पुलले पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । पुल सञ्चालनसँगै खोटाङ, ओखलढुङ्गा र उदयपुरका स्थानीयलाई आवतजावतमा सहज भएको छ”, उनले भनिन् ।

पुल सञ्चालन भएपछि विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुगेको नगरप्रमुख राईको भनाइ छ। तीन जिल्लाको सङ्गमस्थल जार्तीघाटमा बनेका यी दुई झोलुङ्गे पुलले विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेको उनले बताइन्।

खोटाङ र ओखलढुङ्गा जोड्ने दूधकोशीको पुल १३४ मिटर तथा ओखलढुङ्गा र उदयपुर जोड्ने सुनकोशीको झोलुङ्गे पुल १७८ मिटर लामो छ । विसं २०७९ साउन ६ गते सस्पेन्सन ब्रिज डिभिजन र निर्माण कम्पनी श्री अपर तामाकोशी जेके जेभीबीच सम्झौता भई दुई वटा झोलुङ्गे पुल निर्माण गरिएको नगरप्रमुख राई जानकारी दिइन्।

झोलुङ्गे पुलको औपचारिक उद्घाटन १९औँ गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते गरिएको थियो । दुवै झोलुङ्गे पुल राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माहिला’को पहलमा निर्माण गरिएको हो।

पुल उद्घाटन कार्यक्रममा खोटाङका किरात समुदायले साकेला सिली तथा सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै तीन जिल्लाका स्थानीयले कोशी किनारमा पूजाआजासमेत गरेका थिए ।

दूधकोशी र सुनकोशीको दुईवटा झोलुङ्गे पुल करिब रु तीन करोड ३१ लाख लागतमा निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन, पुलचोकका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए।

लामो समय डुङ्गाको सहारामा दूधकोशी र सुनकोशी वारपार गर्दै आएका स्थानीय ढिलै भए पनि जोर्तीघाटमा सुविधा सम्पन्न पुल एकैसाथ सञ्चालनमा आएपछि हर्षित भएका छन् । ती पुल सञ्चालनमा भएपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।

“जोर्तीघाटका यी दुई झोलुङ्गे पुलले तीन जिल्लालाई एउटै ठाउँमा जोडेको छ । साथै यी पुल एउटै जीपबाट बनेका छन् । यी दुवै पुलको जीप ओखलढुङ्गातर्फ एउटै छ”, योजना प्रमुख बुढाथोकीले भने।

उनका अनुसार एउटै जीपबाट बनेका दुई वटा झोलुङ्गे पुल एउटाले दूधकोशी नदी पार गर्दै खोटाङ र अर्काेले सुनकोशी नदी पार गर्दै उदयपुरलाई जोडेको छ।

दूधकोशी र सुनकोशी नदीको सङ्गमस्थल जोर्तीघाट आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका स्थानीय बताउँछन्।

Tags: #खोटाङ#राससझोलुङ्गे पुलपुल
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 
विविध

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजमा “अनुसन्धान लेख कसरी लेख्ने” विषयक तीनदिने अनुसन्धान लेखन कार्यशाला सुरु भएको छ।...

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी
कला साहित्य

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : सङ्गीत साधना प्रतिष्ठान इटहरीको आयोजनामा सञ्चालित ‘साहित्य, सङ्गीत उत्सव २०८३’ अन्तर्गत तेस्रो शृङ्खलामा प्रसिद्ध कवि तथा गीतकार आनन्द...

झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३
बाढीपहिरोका कारण कोशी प्रदेशका ५ जिल्लाका सडक अवरुद्ध, केहीमा वैकल्पिक मार्ग सञ्चालन

कोशी राजमार्गमा सुख्खा पहिरो, खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

जेष्ठ १७, २०८३
इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

इटहरीमा नयाँ अस्पतालभन्दा व्यवस्थापन सुधारको माग बलियो

जेष्ठ १६, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

बोराभित्र महिलाको शव फेला, हत्या गरेर फालिएको हुन सक्ने

जेष्ठ १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३
झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1425 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.