धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ ।
यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।
नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ ।
त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।



















Discussion about this post