Wednesday, July 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २९, २०८३
in कला साहित्य, समाचार
0
कंक्रिटको सहरमा हराउँदै कला : इटहरीका स्रष्टाहरू किन चिन्तित छन् ?
70
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो एक दशकमा तीव्र शहरीकरणसँगै इटहरीको स्वरूप फेरिएको छ। चौडा सडक, अग्ला भवन र आधुनिक पूर्वाधारले सहरको मुहार बदले पनि कला, साहित्य र संस्कृतिको संरक्षण तथा विकास भने ओझेलमा परेको भन्दै यहाँका स्रष्टाहरू चिन्तित बनेका छन्।

स्थानीय सरकार सञ्चालन भएको आठ वर्ष पुग्न लाग्दासमेत कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि स्पष्ट नीति र कानुन निर्माण हुन नसकेको उनीहरूको गुनासो छ। भौतिक विकासलाई मात्र समृद्धिको सूचक मान्ने प्रवृत्तिले इटहरीको सांस्कृतिक पहिचान कमजोर बन्दै गएको उनीहरूको निष्कर्ष छ।

सङ्गीत साधना प्रतिष्ठानद्वारा आयोजित ‘जीवन्त इटहरी स् कला, साहित्य, संस्कृतिमा समृद्धि’ विषयक अन्तर्क्रियामा सहभागी कवि, कलाकार, साहित्यकार तथा संस्कृतिकर्मीहरूले इटहरीलाई केवल कंक्रिटको सहर नभई सिर्जनात्मक र सांस्कृतिक रूपमा पनि समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए।

साहित्यकार तथा कलाकारहरूले इटहरीमा भौतिक पूर्वाधार विस्तार भए पनि सांस्कृतिक पूर्वाधार निर्माणमा अपेक्षित प्रगति नभएको बताए। कला–साहित्य प्रतिष्ठान गठन गरिए पनि पर्याप्त बजेट र कार्यक्रम अभावका कारण प्रभावकारी काम हुन नसकेको उनीहरूको भनाइ छ।

प्रसिद्ध कवि मनु मञ्जिलले ‘ग्रेटर इटहरी’को परिकल्पना भवन र सडकले पूरा नहुने बताए। उनका अनुसार राम्रो सर्जक, कलाकार र सङ्गीतकार उत्पादन गर्न सक्ने वातावरण निर्माण भए मात्र सहर साँच्चिकै महान् बन्न सक्छ।

स्थानीय कलाकारका चित्रकला सार्वजनिक प्रदर्शनीमा राख्नुपर्ने, सार्वजनिक स्थल तथा रेस्टुरेन्टहरूमा स्थानीय सिर्जना बज्नुपर्ने र नयाँ प्रतिभालाई अवसर दिनुपर्ने उनको सुझाव थियो।

सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले इटहरीको मौलिक पहिचान खोज्न पुराना बस्ती र समुदायसम्म पुग्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार सांस्कृतिक सम्पदा, लोककला, साहित्यिक इतिहास र स्थानीय प्रतिभाको अभिलेखीकरण तथा संरक्षणमा पर्याप्त ध्यान पुगेको छैन।

युवा पुस्ताको सांस्कृतिक सहभागिताबारे पनि कार्यक्रममा बहस भएको थियो। हिपहप, र्‍याप, ब्रेक डान्सलगायतका आधुनिक सांस्कृतिक अभ्यासलाई समेत नगरको सांस्कृतिक अभियानसँग जोड्नुपर्ने धारणा राखिएको थियो।

युवाहरूलाई सिर्जनात्मक गतिविधिमा आकर्षित गर्न विशेष पूर्वाधार र कार्यक्रम आवश्यक रहेको सहभागीहरूको भनाइ छ।

साहित्यकार कृष्ण विनोद लम्साल, कृष्ण अधिकारी, गायत्री लम्साल, राजु केसीसहित हेम घिमिरे, रमेश पोखरेल, शिव डाँगी, दिनेश कोइराला, बालकृष्ण सिग्देल, तेजनारायण चौधरी, सरोज श्रेष्ठसहितले इटहरीको समृद्धि कंक्रिट र पूर्वाधारले मात्र सुनिश्चित नहुने भन्दै कला, साहित्य र संस्कृतिलाई विकासको आधारभूत पक्षका रूपमा स्वीकार गर्न स्थानीय सरकारसँग माग गरेका छन्।

उनीहरूका अनुसार सांस्कृतिक पहिचान बलियो नभएसम्म सहरको भौतिक विकासले मात्र इटहरीलाई जीवन्त र विशिष्ट बनाउन सक्दैन।

भवन र सडकले सहरको आकृति बदल्न सक्छन्, तर कला, साहित्य र संस्कृतिले मात्र सहरको आत्मा जोगाउने भएकाले त्यसतर्फ अब गम्भीर ध्यान दिनुपर्ने सन्देश दिइएको छ।

Tags: #इटहरी#साहित्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरीले सञ्चालन गरिरहेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत सुनसरी र झापाबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट...

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य
FEATURE BREAKING

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

by टाकुरा न्यूज । इटहरी
असार ३०, २०८३
0

विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२।८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको...

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३
इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

असार ३०, २०८३
कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

कोशीमा लागूऔषधविरुद्धको अभियान : सुनसरी र झापाबाट चार जना पक्राउ

असार ३०, २०८३
कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

कोशीका कर्मचारीलाई ढाका, खादी र अल्लोका पोसाक अनिवार्य

असार ३०, २०८३
पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाचिँदा एकको मृत्यु, चार गम्भीर घाइते

माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण

असार ३०, २०८३

१४ घातक रोगविरुद्ध खोप सुनिश्चित गर्दै कोशी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

असार ३०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    460 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.