Friday, June 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानको प्रयास, सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ५, २०८३
in समाचार
0
एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
51
SHARES
Share on FacebookShare on Twitter

ताप्लेजुङ : लामो समयदेखि विवादको केन्द्र बनेको ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुक्कुम्लुङ–पाथीभरा केवलकार निर्माण परियोजनालाई सहमतिमार्फत टुंग्याउने उद्देश्यले सरकारले सात सदस्यीय कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा गठन गरिएको कार्यदललाई केवलकार निर्माणका विषयमा देखिएका विवाद र असहमतिका कारण पहिचान गरी १५ दिनभित्र समाधानका उपायसहित सुझाव प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यदलमा केवलकार निर्माणप्रति असहमति जनाउँदै आएका पक्ष, निर्माण कम्पनी, पाथीभरा क्षेत्र विकास समिति, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्री सचिवालयका प्रतिनिधिलाई समेटिएको छ।

सरकारको यो कदमलाई विवाद समाधानका लागि सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याउने प्रयासका रूपमा हेरिएको छ।

मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विषय लामो समयदेखि धार्मिक, सांस्कृतिक, वातावरणीय तथा विकाससम्बन्धी बहसको केन्द्रमा रहँदै आएको छ।

परियोजनाको पक्षमा पर्यटन पूर्वाधार विस्तार र तीर्थयात्रुलाई सहज पहुँचको तर्क प्रस्तुत हुँदै आएको छ भने विरोधी पक्षले मुक्कुम्लुङको सांस्कृतिक तथा मौलिक पहिचान संरक्षणको माग गर्दै निर्माण रोक्नुपर्ने अडान राख्दै आएको छ।

सरकारले गठन गरेको कार्यदलले यी सबै पक्षको धारणा समेटेर सहमतिमा आधारित समाधानको खाका प्रस्तुत गर्न सके विवाद समाधानतर्फ महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।

Tags: #ताप्लेजुङकेवलकारपाथीभरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु
समाचार

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ५, २०८३
0

झापा : झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर...

उच्च अदालत विराटनगरद्धारा ६० प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट
FEATURE BREAKING

कोशी प्रदेश सरकारविरूद्व उच्च अदालतमा रिट दायर

by टाकुरा न्यूज । इटहरी
असार ५, २०८३
0

इटहरी : कोशी प्रदेशमा बालबालिकाको अधिकार संरक्षणका लागि कानुन बनेको ६ वर्ष बितिसक्दा पनि त्यसका महत्वपूर्ण प्रावधान कार्यान्वयन नभएको भन्दै...

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

घरायसी विवादको दुःखद अन्त्य : श्रीमतीलाई घाइते बनाएपछि वृद्धले हाम्फाल्दा मृत्यु

असार ५, २०८३
राष्ट्रिय परीक्षा बोर्डले भन्यो–एसईई जसरी पनि हुन्छ

कक्षा–१२ मा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण, साउन २ र ३ गते मौका परीक्षा

असार ५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्ने चार जना सुनसरीबाट पक्राउ

असार ४, २०८३
नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

नेपाली नम्बर प्लेट लगाएर भारतीय कार सञ्चालन, भेडेटारमा प्रहरीको निगरानीमा परेपछि खुल्यो रहस्य

असार ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

असार ५, २०८३
एकैदिन ६ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानको प्रयास, सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

असार ५, २०८३
उच्च अदालत विराटनगरद्धारा ६० प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट

कोशी प्रदेश सरकारविरूद्व उच्च अदालतमा रिट दायर

असार ५, २०८३
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

घरायसी विवादको दुःखद अन्त्य : श्रीमतीलाई घाइते बनाएपछि वृद्धले हाम्फाल्दा मृत्यु

असार ५, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1506 shares
    Share 602 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    393 shares
    Share 157 Tweet 98
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन