Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
in समाचार
0
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
91
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

नेकपा एमालेका पूर्व नेता तथा इटहरी खानेपानी उपभोक्ता संस्थाका पूर्व अध्यक्ष रामप्रसाद चौलागाईं श्रम संस्कृति पार्टीमा प्रवेश गरेसँगै इटहरीको आगामी मेयर दौड थप रोचक बन्ने संकेत देखिएको छ।

एमालेमा लामो समय सक्रिय रहेका चौलागाईंले दुई महिनाअघि पार्टी परित्यागको घोषणा गरेका थिए। बुधबार उनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सँगको तस्वीर सार्वजनिक गर्दै औपचारिक रूपमा पार्टीमा आबद्ध भएको जानकारी दिए।

उनी विगतका दुई स्थानीय निर्वाचनमा एमालेभित्रबाट मेयर पदका आकाङ्क्षी रहे पनि टिकट पाउन सकेका थिएनन्। पार्टी नेतृत्वसँगको असन्तुष्टि सार्वजनिक गर्दै आएका उनले अब नयाँ राजनीतिक मञ्च रोजेका छन्।

इटहरीमा स्वतन्त्र राजनीतिक धार निर्माण गर्ने प्रयासमा रहेका साम्पाङको श्रम संस्कृति पार्टीले पछिल्लो समय स्थानीय तहका विभिन्न व्यक्तित्वलाई आकर्षित गर्न थालेको छ।

एमाले पृष्ठभूमिका नेताको प्रवेशले पार्टीलाई इटहरीमा थप संगठनात्मक आधार विस्तार गर्ने अवसर मिल्ने विश्लेषण गरिएको छ।

यद्यपि, एमालेकै बलमा १८ वर्षसम्म इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष भई लाभ लिएका चौलागाईं स्थानीय स्तरमा परिचित अनुहार हुन्।

साम्पाङले अघि बढाएको श्रम, उत्पादन र देश निर्माणको अभियानमा सहभागी हुन पाएकोमा चौलागाईले खुसी व्यक्त गरेका छन्। साथै, उनले अभियानमा जोडिन इच्छुक सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्।

Tags: रामप्रसाद चौलागाईंश्रम संस्कृति पार्टीहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.