Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
in FEATURE BREAKING, कला साहित्य, समाचार
0
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
49
SHARES
Share on FacebookShare on Twitter

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो।

काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना गर्दै विभिन्न पुस्ताका कविलाई एउटै मञ्चमा उभ्यायो। कार्यक्रम सुरु हुनुअघि हलमा एकाएक चकमन्न वातावरण बन्यो। त्यसपछि कविहरू एकपछि अर्को गर्दै मञ्चमा उक्लिए र आफ्ना सिर्जनामार्फत श्रोतालाई भावनाको गहिराइसम्म पुर्‍याए।

कार्यक्रमको सुरुआतमै काव्य डबलीका सोनु जयन्तीले उपस्थित सबैलाई ‘किप साइलेन्स’ रहन आग्रह गरे। त्यसपछि सुरु भएको काव्यपाठको शृङ्खलामा उपस्थित श्रोताले अन्तिमसम्म अनुशासित रूपमा कविता सुने।

तेस्रो शृङ्खलामा प्रज्वल पराजुली, जीवन आरोही, राज आशातीत, सवी मेवाहाङ, पराजीत पोमु, उमेश लुइँटेल, सुन्दर कुरुप, पुस्तिका भण्डारी, राजकुमार सुब्बा, नवराज मैनाली, विवेक विवश रेग्मी, राज माङलाक, मनु मञ्जिल र देवान किरातीले आ–आफ्ना कविता वाचन गरेका थिए।

कविहरूले प्रेम, प्रकृति, समय, राजनीति, समाज, मानवीय सम्बन्ध, पहिचान र समकालीन जीवनका विविध आयामलाई आफ्ना कवितामार्फत प्रस्तुत गरेका थिए। कविता वाचनका क्रममा सभाहलमा उपस्थित साहित्यप्रेमीहरू घरी गम्भीर बने, घरी मुस्कुराए र घरी लामो ताली बजाए।

कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले यस्ता काव्यिक जमघटले इटहरीको साहित्यिक वातावरणलाई थप जीवन्त बनाएको प्रतिक्रिया दिएका थिए। नयाँ र स्थापित दुवै पुस्ताका कविलाई एउटै मञ्चमा प्रस्तुत गराउने काव्य डबलीको प्रयासलाई उनीहरूले सकारात्मक रूपमा लिएका छन्।

आयोजकका अनुसार काव्य डबलीको उद्देश्य कविता लेखन र वाचनको संस्कृतिलाई निरन्तरता दिनुका साथै सिर्जनशील व्यक्तिहरूलाई साझा मञ्च उपलब्ध गराउनु हो।

काव्य डबलीले हरेक दुई महिनामा नियमित रूपमा काव्यपाठ कार्यक्रम आयोजना गर्ने जनाएको छ। नियमित शृङ्खलामार्फत कोशी प्रदेशकै साहित्यिक गतिविधिलाई थप सक्रिय र सशक्त बनाउने विश्वास आयोजकको छ।

Tags: #साहित्यकाव्य डबली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित
विविध

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

by रासस
असार १४, २०८३
0

इलाम : वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट...

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज
FEATURE BREAKING

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तर्गत चार जनामाथि दाबी विरोध परेको छ। उम्मेदवारीविरुद्ध परेको दाबी–विरोधमाथिको छानबिन गरी निर्वाचन...

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    651 shares
    Share 260 Tweet 163
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.