Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

नेपाल प्रवेशमै सकारात्मक छाप दिन काँकडभिट्टा नाका नयाँ स्वरूपमा

रासस by रासस
असार १७, २०८३
in भिजिट नेपाल, विविध, समाचार
0
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
63
SHARES
Share on FacebookShare on Twitter

झापा : नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यका साथ पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा यो परियोजना अघि बढाइएको हो ।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार निर्माणका लागि प्रारम्भिक चरणमा मेचीनगर नगरपालिकाले २ लाख रुपैयाँ उपलब्ध गराएको छ भने आवश्यक थप बजेट कार्यालयले व्यवस्थापन गरिसकेको छ ।

चालु आर्थिक वर्षभित्रै विभिन्न संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यो संरचनाले पूर्वी नाकाको आकर्षण बढाउनुका साथै नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक पहिलो प्रभाव सिर्जना गर्ने प्रमुख खतिवडाले बताए ।

संरचना निर्माणपछि पर्यटक केही समय नाकामै रोकिने, तस्बिर खिच्ने र स्थानीय सेवा उपयोग गर्ने हुँदा यसबाट स्थानीय अर्थतन्त्रसमेत चलायमान हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।

करिब २०० मिटर क्षेत्रमा निर्माण भइरहेको उक्त संरचनाभित्र नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचान झल्कने विभिन्न संरचना रहनेछन् ।

यहाँ ३२ वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक ‘सेल्फी बुथ’ तथा रातको समयमा थप आकर्षण बढाउने ‘डिजिटल लाइटिङ’को व्यवस्था गरिनेछ । निर्माणका लागि हाल सो क्षेत्रमा रहेका ठूला विज्ञापन बोर्डहरू अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।

निर्माणस्थलको नेतृत्व गरिरहेका स्थानीय पर्यटन व्यवसायी रामबहादुर तामाङले यो पूर्वी नाकाको दीर्घकालीन आवश्यकता भएको बताए ।

उनले स्थानीय समुदायको आर्थिक सहयोग र श्रमदानसमेत भएकाले परियोजनाप्रति अपनत्व बढ्ने र यसको दिगोपना सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

लामो समयदेखि सीमामा आकर्षक पर्यटकीय संरचना आवश्यक रहेको आवाज उठाउँदै आएकोमा अहिले त्यो आवश्यकता पूरा हुने चरणमा पुगेको तामाङको भनाइ छ ।

संरचना निर्माण सम्पन्न भएपछि काँकडभिट्टा प्रवेश गर्नेबित्तिकै पर्यटकले नेपाल आएको फरक र सुखद अनुभूति गर्ने उनले बताए ।

यससँगै पर्यटन कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएर सीमा पर्यटन, पर्या–पर्यटन, फोटो प्रदर्शनी, होमस्टे प्रवर्द्धन तथा होटल र ट्राभल एजेन्सीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

पूर्वी नाका हुँदै प्रत्येक वर्ष हजारौँ विदेशी पर्यटक नेपाल भित्रिने गरेका छन् ।

निर्माणाधीन नयाँ पर्यटकीय संरचनाले काँकडभिट्टाको स्वरूप परिवर्तन गर्नुका साथै पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूले व्यक्त गरेका छन् ।

Tags: #झापा#पर्यटन
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.