Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बजेट विवाद नसुल्झिँदा कोशी प्रदेशसभा बैठक फेरि स्थगित, शुक्रबार बस्ने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १८, २०८३
in समाचार
0
कोशी प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीय उत्साहित
59
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चर्किएपछि कोशी प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित गरिएको छ।

बिहीबार दिउँसो १ बजे बस्ने तय भएको प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक सरकारकै अनुरोधमा स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक असार १९ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।

बजेट वितरण असमान भएको, सीमित निर्वाचन क्षेत्रमा योजना केन्द्रित गरिएको तथा मन्त्री केन्द्रित र वितरणमुखी बजेट ल्याइएको भन्दै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

बजेटमाथि सहमति जुट्न नसकेपछि बैठक पुनः सारिएको हो। बजेट प्रस्तुत भएपछि प्रदेशसभाको बैठक लगातार तेस्रो पटक स्थगित भएको हो।

यसअघि असार ११ गतेका लागि तय भएको बैठक असार १६ गतेका लागि सारिएको थियो। त्यसपछि पुनः असार १८ गतेका लागि तय गरिएको बैठक पनि सहमति जुट्न नसक्दा शुक्रबारका लागि सारिएको छ।

विवाद समाधानका लागि सत्ता गठबन्धनले एमाले र कांग्रेसका तीन–तीन जना सदस्य रहने गरी ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ।

कार्यदलले असन्तुष्ट सांसदका माग, बजेट वितरणमा देखिएको असन्तुलन तथा छुटेका योजनाबारे छलफल गरिरहेको भए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन।

सत्तारुढ सांसदहरूले बजेटमा आवश्यक सुधार नभएसम्म संसद् अघि बढ्न नदिने अडान राख्दै आएका छन्। त्यसपछि सरकार र सत्ता गठबन्धनभित्र बजेट संशोधनका सम्भावित विकल्पबारे निरन्तर छलफल भइरहेको छ।

बजेट विवाद लम्बिँदै जाँदा प्रदेश सरकारमाथि राजनीतिक दबाब बढेको छ भने संसद्मा दर्ता भइसकेको बजेट संशोधन गर्न सकिने वा नसकिने विषयमा संवैधानिक तथा संसदीय बहससमेत तीव्र बनेको छ।

Tags: कोसी प्रदेशबजेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.