Monday, July 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

रासस by रासस
असार २२, २०८३
in विविध, समाचार
0
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित
54
SHARES
Share on FacebookShare on Twitter

झापा : सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् ।

आइतबार राति झापा आइपुगेका गृहमन्त्री गुरुङले आज अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरे ।

भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालयका सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए ।

सुरक्षा निकायसँग जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे छलफल भएको छ ।

गृहमन्त्री गुरुङ आज बिहान १०ः२० बजे सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका थिए ।

सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । भेटपछि उनी पुनः बाहुण्डाँगीतर्फ प्रस्थान गरेका छन् ।

गृहमन्त्री गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोस्टको निरीक्षण गरे । निरीक्षणका क्रममा उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको जानकारी छ ।

त्यसपछि उनी मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर सीमा नाकाको समग्र सुरक्षा व्यवस्था तथा यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरे ।

त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व सङ्कलन, भन्सार व्यवस्थापन तथा सीमा नाकाबाट हुने आवतजावतको अवस्थाबारे जानकारी लिए ।

झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, अवैध सीमा गतिविधि तथा बाहुण्डाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याप्रति गृहमन्त्रीले विशेष चासो व्यक्त गरेका छन् ।

उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।

बाहुण्डाँगीमा उनले जङ्गली हात्तीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरी त्यहाँका जनताले भोगिरहेका समस्या, गुनासा र सुझाव सङ्कलन गर्ने कार्यक्रम छ ।

गृहमन्त्री गुरुङको भ्रमणलाई मध्यनजर गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन् ।

Tags: #झापासीमा सुरक्षासुदन गुरुङ
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद
समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिकामा लामो समयदेखि प्रयोगविहीन रहेको एक घरको छतबाट दुई थान पुराना कटुवा पेस्तोल बरामद भएका छन्।...

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम
समाचार

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

by टाकुरा न्यूज । इटहरी
असार २२, २०८३
0

विराटनगर : सरकारी अस्पतालको बहुमूल्य जग्गामा वर्षौँदेखि व्यावसायिक सटर सञ्चालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका संस्थाहरूलाई कोशी अस्पतालले...

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

लोकसेवाको नियुक्ति छाडेर इटहरीमा सेवाको बाटो रोजेका बलबहादुर न्यौपाने

असार २२, २०८३
इनरुवामा रोपाइँको रौनक

इनरुवामा रोपाइँको रौनक

असार २२, २०८३
इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

इटहरीको होटलबाट लागूऔषधसहित एक युवक पक्राउ

असार २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

मोरङमा दुई वटा कटुवा पेस्तोल बरामद

असार २२, २०८३
कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

कोशी अस्पतालको १० कठ्ठा जग्गा खाली गर्न ७ दिने अल्टिमेटम

असार २२, २०८३

कोशी प्रदेशमा दर्ताविनै भाषा पढाएर विद्यार्थीसँग मोटो शुल्क असुल्ने कन्सल्टेन्सी निगरानीमा

असार २२, २०८३
गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

गृहमन्त्रीको झापा दौडाहा : सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती प्रभावित बस्तीमा केन्द्रित

असार २२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    762 shares
    Share 305 Tweet 191
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    399 shares
    Share 160 Tweet 100
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन