इटहरी : इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्।
अख्तियारको इटहरी कार्यालय र केन्द्रीय कार्यालय टंगालबाट खटिएको संयुक्त टोलीले खड्कालाई झापाको दमक नगरपालिका–९ स्थित एक खाजाघरबाट बुधबार रंगेहात पक्राउ गरेको हो।
आयोगका अनुसार खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेका थिए।
सेवाग्राहीबाट उक्त रकम बुझिसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
पक्राउ परेका खड्काविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।




















Discussion about this post