Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङको सुकुना माविका शिक्षकले विद्यार्थीलाई ‘गोप्य अंग देखाउ’ भनेपछि…

दुई शिक्षक र एक चालक पक्राउ, नगरपालिकाले दियो निलम्बनको निर्देशन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ४, २०८३
in समाचार
0
मोरङको सुकुना माविका शिक्षकले विद्यार्थीलाई ‘गोप्य अंग देखाउ’ भनेपछि…
186
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।

घटनामा संलग्न रहेको आरोपमा दुई शिक्षक र एक सवारी चालक पक्राउ परेका छन् भने नगरपालिकाले उनीहरूलाई तत्काल निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा विद्यालयका शिक्षक सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार, सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अविरल मास्के र विद्यालयका सवारी चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई रहेका छन्। उनीहरूलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने, गोप्य अंग देखाउन भन्ने गरेको तथा अमर्यादित व्यवहार गरेको उजुरीपछि अनुसन्धान अघि बढाइएको हो।

घटनामा यौनजन्य दुर्व्यवहारको कोणसमेत हुन सक्ने आशंकामा प्रहरीले प्रमाण संकलन र बयान लिने काम तीव्र बनाएको डीएसपी मिश्रले जानकारी दिए।

घटनाले विद्यालयमा तनावको अवस्था सिर्जना भएपछि विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका थिए। त्यसपछि प्रहरीले विद्यालय पुगेर अवस्था नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गरेको हो।

यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै विद्यालयलाई पत्र पठाएको छ। प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

छानबिनको प्रगति र कारबाहीको विवरण नगरपालिकालाई उपलब्ध गराउन पनि विद्यालय व्यवस्थापनलाई भनिएको छ।

घटनापछि विद्यार्थी र अभिभावकमा आक्रोश बढेको छ। विद्यालय परिसरमा सुरक्षित शैक्षिक वातावरण कायम गर्न, दोषीमाथि कडा कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।

प्रहरीले अनुसन्धान जारी रहेको जनाउँदै प्रमाणका आधारमा संलग्न देखिने जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ।

साथै, अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा अपुष्ट वा भ्रामक सामग्री प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Tags: #मोरङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.