नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को स्मृतिमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७ सालको जनक्रान्तिको नेतृत्व गरेका बीपी २०१५ सालको पहिलो आम निर्वाचनपछि देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनको योगदानको स्मरण गरी ४४ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ
राजनीतिक जीवनका साथै नेपाली साहित्यमा पनि उनको योगदान महत्त्वपूर्ण छ। उनका ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’ तथा ‘बाबु, आमा र छोरा’ लगायतका उपन्यासहरू नेपाली साहित्यका कालजयी कृति मानिन्छन्। वि.सं १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साउन ६ गते निधन भएको थियो।

















Discussion about this post