इटहरी : झापाको दमक नगरपालिका–१ सिरपाली चोकमा श्रीमान–श्रीमतीबीच भएको विवादले दुःखद रूप लिँदा दुवैको मृत्यु भएको छ।
श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि आफू पनि मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजयकुमारी दर्जीबीच सामान्य विवाद भएको थियो।
विवाद चर्किएपछि धनबहादुरले खुकुरी प्रहार गर्दा विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।
घटनापछि धनबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। गम्भीर अवस्थामा रहेका दुवैलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक प्रमाण संकलन गरेको जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
















Discussion about this post