इटहरी : संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भीरमा रहेको ओडारबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोला संखुवासभाबाट खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाईछिपाई राखेको अवस्थामा ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद फेला पारी बरामद गरेको हो ।
यसैगरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष सूचनाको आधारमा गस्तीमा खटिएको प्रहरीको टोलीले मोरङको उर्लाबारी नगरपालिका–१ कत्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट बोरामा लुकाई छिपाई राखिएको १ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने १३ थान धातुको किट र ४५ ग्राम ८८० मिलिग्राम बारुद फेला पारी बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post