इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भूपाल राई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शनिबार राति ११ः५० बजेतिर धरान उपमहानगरपालिका–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार राई झुम्का कारागारको लगत नं. ४०६८ तथा मुद्दा नं. ०८१ (सीएल) १३५६ को लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। उनी २०८२ साल भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए।
फरार राईको खोजी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई आवश्यक प्रक्रिया पूरा गरेर पुनः झुम्का कारागार पठाइएको छ।












Discussion about this post