सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवालको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ।
घरमै मृत फेला परेका कटवालको घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानमा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद भएको र विवादका क्रममा आवेगमा चक्कु प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाको कारण, घटनाक्रम तथा अन्य पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












Discussion about this post