Thursday, August 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कोशीमा विश्वासको मतअघि कांग्रेस विपक्षी बेन्चमा, कार्की सरकारलाई बहुमत जुटाउने चुनौती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ४, २०८३
in FEATURE BREAKING, समाचार
0
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि नै सरकारको सत्ता समीकरण बदलिएको छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकारमाथि विश्वासको मत जुटाउने दबाब बढेको हो ।

कांग्रेसले बुधबार औपचारिक रूपमा समर्थन फिर्ता लिएर प्रदेशसभामा विपक्षी बेन्चमा बस्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला प्रदेशसभा सचिवालयमा समर्थन फिर्ताको पत्र दर्ता गरिएको हो ।

प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार कांग्रेसले आफू अब सत्तापक्षमा नरहेको जानकारी गराउँदै विपक्षी बेन्चको व्यवस्था गर्न सचिवालयलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री कार्कीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसको यो निर्णय आएको हो । कांग्रेसले समर्थन कायम राख्न मुख्यमन्त्री कार्कीले गरेको आग्रहसमेत अस्वीकार गरेको छ ।

सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी भएपछि कांग्रेस सरकारबाट बाहिरिएको थियो । त्यसपछि कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । कांग्रेस विपक्षमा गएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि आवश्यक संख्या जुटाउन नयाँ सत्ता समीकरणमा निर्भर हुनुपर्ने अवस्था बनेको छ ।

यसअघि एमाले र कांग्रेसको संयुक्त सरकार सञ्चालनमा थियो । तर, नेकपा सरकारमा सहभागी भएसँगै सत्ता गठबन्धनको संरचना फेरिएको हो । कांग्रेसको समर्थन फिर्तासँगै अब शुक्रबार हुने विश्वासको मतले सरकारको आगामी राजनीतिक दिशा तय गर्नेछ ।

कांग्रेसले भने आफू विपक्षीको भूमिकामा रहेर सरकारका कामकारबाहीमाथि निगरानी गर्ने जनाएको छ ।

प्रदेशसभामा बदलिएको समीकरणले सरकार गठनदेखि आगामी राजनीतिक सहकार्यसम्मको विषयलाई समेत नयाँ ढंगले प्रभावित गर्ने देखिएको छ ।

Tags: #कांग्रेस#नेपाली कांग्रेसकोसी प्रदेशहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ४, २०८३
0

इटहरी : झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित सात जनालाई पक्राउ गरेको छ । झापाको हल्दिबारी गाउँपालिका–२...

सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज
विविध

सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

by रासस
भदौ ४, २०८३
0

भोजपुर : भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा साउनमा २५ विपद् : आगलागी र वन्यजन्तुबाट बढी क्षति

भदौ ४, २०८३
खोटाङ : किरात संस्कृतिसँगै स्थानीय परिकारको स्वाद चखाउँदै पुमा होमस्टे

खोटाङ : किरात संस्कृतिसँगै स्थानीय परिकारको स्वाद चखाउँदै पुमा होमस्टे

भदौ ४, २०८३
तस्बिरमा हाङ्बोरुङ बेसी

तस्बिरमा हाङ्बोरुङ बेसी

भदौ ३, २०८३
खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन

खोटाङ : तीन वर्षमा बन्नुपर्ने सबस्टेसन एक दशकमा पनि अधुरै, ठेकेदार सम्पर्कविहीन

भदौ ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट सात जना पक्राउ

भदौ ४, २०८३
सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

भदौ ४, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशीमा विश्वासको मतअघि कांग्रेस विपक्षी बेन्चमा, कार्की सरकारलाई बहुमत जुटाउने चुनौती

भदौ ४, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा साउनमा २५ विपद् : आगलागी र वन्यजन्तुबाट बढी क्षति

भदौ ४, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन