इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सोमबार विश्वासको मत लिने भएका छन्। यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र पठाएका छन्।
मुख्यमन्त्री कार्कीले यसअघि शनिबार नै विश्वासको मत लिने तयारी गरे पनि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि सोमबारका लागि सारिएको जनाइएको छ।
नेपाली कांग्रेसले भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। एमाले र नेपाली कम्युनिस्ट पार्टीबीचको सहमतिअनुसार नेकपा सरकारमा सहभागी भइसकेको छ।
कार्कीले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन्। सोमबार उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।












Discussion about this post