Tuesday, September 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

बेलकाका पहिरो पीडितलाई राहत

माधव पोख्रेल by माधव पोख्रेल
भदौ ३०, २०८३
in FEATURE BREAKING, समाचार
0
बेलकाका पहिरो पीडितलाई राहत
51
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट प्रभावित उदयपुरको बेलका नगरपालिका–८ आहालेका विपद् पीडित परिवारलाई अस्थायी आवाससहित राहत सामग्री वितरण गरिएको छ ।

गत भदौ २६ गतेदेखि निरन्तर परेको वर्षाका कारण आहाले क्षेत्रमा बाढी र पहिरोले घर तथा बस्ती जोखिममा पारेपछि विस्थापित भएका परिवारलाई तत्कालको कठिनाइ टार्न अस्थायी घर तथा आवश्यक राहत सामग्री नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरद्धारा उपलब्ध गराइएको हो ।

 

बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवाल, नेपाल रेडक्रस सोसाइटी रेडक्रस उदयपुरका मन्त्री महेश रोका र रेडक्रस उदयपुरका कोषाध्यक्ष मोहन निरौलासहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो । राहतस्वरूप विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्नुका साथै बस्नका लागि म्याट, ओढ्नका लागि ब्लांकेट तथा वर्षाबाट जोगिन त्रिपाल लगायतका सामग्री वितरण गरिएको छ । विपद्का कारण घरमा बस्न सक्ने अवस्था नरहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न अस्थायी घर निर्माणमा समेत सहयोग गरिएको हो ।

स्थलगत निरीक्षणका क्रममा नगर प्रमुख अशोक कार्कीले विपद्को कठिन अवस्थामा नगरपालिका प्रभावित नागरिकको साथमा रहेको बताउँदै तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टोलीले पहिरो तथा बाढीबाट भएको क्षतिको अवस्थाबारे स्थानीयवासीसँग प्रत्यक्ष जानकारीसमेत लिएको थियो । प्रभावित क्षेत्रमा अझै जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै थप आवश्यक राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिने जनाइएको छ ।

विपद्पछि घरबारविहीन बनेका परिवारले अस्थायी आवास तथा राहत सामग्री पाएपछि तत्कालको कठिन अवस्थामा केही राहत मिलेको बताएका छन् । स्थानीयका अनुसार वर्षाका कारण बस्तीमा जोखिम बढेपछि सुरक्षित बसोबासको व्यवस्था सबैभन्दा ठूलो आवश्यकता बनेको थियो ।

बाढी र पहिरोले घर तथा भौतिक संरचनामा क्षति पु¥याएका परिवारलाई तत्काल राहतसँगै सुरक्षित आवास, खानेपानी, खाद्यान्न तथा दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको स्थानीयको भनाइ छ । नगरपालिकाले प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक सहयोगलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

Tags: पहिराे पीडितराहत
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
FEATURE BREAKING

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

by माधव पोख्रेल
भदौ ३०, २०८३
0

उदयपुर । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा...

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी
विविध

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

by टाकुरा न्यूज । इटहरी
भदौ २९, २०८३
0

भोजपुर षडानन्द नगरपालिका–११ अवस्थित झ्याउ पोखरी बजार । झ्याउ पोखरी क्षेत्रका जमिन सुन्तला तथा कृषि उत्पादनका लागि राम्रो मानिन्छ ।...

अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

कन्काइ पुल अधुरै छाड्ने ठेकेदारबाट १ अर्ब ९९ करोड असुलिँदै

भदौ २९, २०८३
सुनसरीमा भन्सार छलीको कपडा बरामद

सुनसरीमा भन्सार छलीको कपडा बरामद

भदौ २९, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    917 shares
    Share 367 Tweet 229
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    751 shares
    Share 300 Tweet 188
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    352 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    270 shares
    Share 108 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.