Thursday, October 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

माधव पोख्रेल by माधव पोख्रेल
अशोज २२, २०८३
in FEATURE BREAKING, समाचार
0
भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु
52
SHARES
Share on FacebookShare on Twitter

असोज : उदयपुरको त्रियुगा नगरपालिकामा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु भएको छ। भारत सरकारको आर्थिक सहयोगमा त्रियुगा नगरपालिका–५, देउरीमा साढे ५ तले आधुनिक नगर अस्पताल निर्माण हुन लागेको हो।

त्रियुगा नगरपालिका–५ देउरीमा अस्पताल भवनको शिलान्यास काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा गरे।

भारत सरकारको पूर्ण सहयोगमा निर्माण हुने अस्पताल भवनको कुल लागत इस्टिमेट मूल्य २४ करोड रुपैयाँ रहे पनि भ्याटसहित १५ करोड ९८ लाख ४४ हजार २५६ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी क्यु.ए.एस.एम. सर्भिसेस–जे.एस.एस. इन्जिनियरिङ सर्भिसेस जेभी, काठमाडौंले निर्माणको जिम्मेवारी लिएको छ। निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण सुरु गरिएको नगर प्रमुख बसन्त बस्नेतले बताए। उनका अनुसार अस्पतालको भुइँ तलादेखि पाँचौँ तलासम्म स्वास्थ्य उपचार, निदान, शल्यक्रिया, प्रसूति, नवजात शिशु सेवा तथा प्रशासनिक संरचनालाई व्यवस्थित रूपमा समेटिनेछ।

नगर प्रमुख बस्नेतका अनुसार अस्पतालको भुइँ तलामा आकस्मिक सेवा, बिरामी दर्ता तथा प्रतीक्षालय, औषधि वितरण, एक्स–रे, यूएसजी, ईसीजीलगायतका प्रारम्भिक तथा निदानात्मक सेवाहरू सञ्चालन हुनेछन्। पहिलो तलामा शल्यक्रिया तथा प्रसूतिसँग सम्बन्धित उपचार कक्ष, अपरेसन थिएटर, रिकभरी र सीएसएसडीजस्ता अत्यावश्यक सुविधा रहनेछन्।

त्यसैगरी दोस्रो तलामा पुरुष, महिला तथा सामान्य वार्डसहित बिरामी भर्ना तथा उपचारका सुविधा रहनेछन्। तेस्रो तलामा दन्त, आँखा, सामान्य तथा प्रसूति–स्त्रीरोग सेवाका साथै खोप, पोषण, परामर्श र अन्य विशेषज्ञ स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ।

चौथो र पाँचौँ तलामा अस्पताल सञ्चालनका लागि आवश्यक सहयोगी, व्यवस्थापकीय तथा प्रशासनिक संरचना रहने नगरपालिकाले जनाएको छ। ती तलामा लन्ड्री, भण्डारण, पुस्तकालय, मेट्रोन कार्यालय, प्रशासन तथा वित्त शाखा र बैठक कक्षलगायतका संरचना समावेश गरिनेछन्।

नगरपालिकाका अनुसार त्रियुगा नगर अस्पताल एउटा भवन निर्माण गर्ने परियोजनामात्र नभई आकस्मिक उपचारदेखि निदान, शल्यक्रिया, प्रसूति तथा नवजात शिशु सेवा, बाह्य तथा आन्तरिक उपचार र प्रशासनिक सेवासम्म एकीकृत रूपमा एउटै परिसरबाट उपलब्ध गराउने स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिनेछ।

नगर अस्पताल निर्माण सम्पन्न भएपछि त्रियुगासहित आसपासका नागरिकले सामान्य उपचारदेखि विशेषज्ञ स्वास्थ्य सेवासम्म स्थानीय तहमै सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसबाट स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता र नागरिकको आर्थिक भारसमेत कम हुने नगरपालिकाको विश्वास छ।

Tags: त्रियुगानगर अस्पताल
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध
FEATURE BREAKING

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

by माधव पोख्रेल
अशोज २२, २०८३
0

उदयपुर : ट्रिपर सञ्चालनमा रोक लगाएको भन्दै व्यवसायीले सडकमा ट्रिपर तेर्स्याएर यातायात अवरुद्ध गरेपछि बन्द रहेको मदन भण्डारी राजमार्गको कटारी...

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी
समाचार

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

by माधव पोख्रेल
अशोज २२, २०८३
0

उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उदयपुरबाट विभिन्न क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा आठ जनाले उम्मेदवारी दिएका छन्। उदयपुरबाट महाधिवेशन प्रतिनिधि बनेर...

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३
बरुवा क्याम्पसमा प्राविधिकसहित नयाँ शैक्षिक कार्यक्रम विस्तार गरिने

बरुवा क्याम्पसमा प्राविधिकसहित नयाँ शैक्षिक कार्यक्रम विस्तार गरिने

अशोज २२, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

अशोज २२, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा फरार प्रतिवादीविरुद्ध प्रहरीको खोजी अभियान, १६ पक्राउ

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३
कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

अशोज २२, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३
भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

अशोज २२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    968 shares
    Share 387 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.