Thursday, October 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

माधव पोख्रेल by माधव पोख्रेल
अशोज २२, २०८३
in FEATURE BREAKING, समाचार
0
ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध
49
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : ट्रिपर सञ्चालनमा रोक लगाएको भन्दै व्यवसायीले सडकमा ट्रिपर तेर्स्याएर यातायात अवरुद्ध गरेपछि बन्द रहेको मदन भण्डारी राजमार्गको कटारी सडकखण्ड बिहीबार दिउँसोदेखि खुलेको छ।

उदयपुरको कटारी क्षेत्रमा ट्रिपर सञ्चालनमा रोक लगाइएको भन्दै ट्रिपर व्यवसायी प्रदर्शनमा उत्रिएका थिए। व्यवसायीले ट्रिपर चल्न पाउनुपर्ने माग राख्दै मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा ट्रिपर तेर्स्याएर सडक अवरुद्ध गरेका थिए।

सौर्य सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी गर्ने ट्रिपर सञ्चालनको विषयलाई लिएर स्थानीय र ट्रिपर व्यवसायीबीच विवाद बढेपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। स्थानीयको विरोधका कारण चुनढुंगा उत्खनन तथा ढुवानी प्रभावित भएपछि आफ्नो व्यवसाय संकटमा परेको भन्दै व्यवसायीले विरोध जनाएका थिए।

यसअघि पनि कटारी नगरपालिका–४ स्थित सिम्ले बजार क्षेत्रमा ट्रिपर व्यवसायीले सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै एउटा ट्रिपर सडकमा तेस्र्याएर सिद्धिचरण लोकमार्ग अवरुद्ध गरेका थिए। केही समय प्रभावित भएको सडक प्रहरीले खुलाएको थियो।

व्यवसायीले कानुनी तथा व्यवस्थित रूपमा ट्रिपर सञ्चालन गर्न पाउनुपर्ने, चुनढुंगा ढुवानी रोक्न नहुने तथा आफूहरूको रोजगारी र लगानीको संरक्षण हुनुपर्ने माग राख्दै आएका छन्।

यता, स्थानीयवासीले भने बस्ती हुँदै भारी ट्रिपर सञ्चालन हुँदा सडक, वातावरण तथा स्थानीय जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग गर्दै आएका छन्। कटारी नगरपालिका–७ को मर्जेतपुर क्षेत्रका स्थानीयले चुनढुंगा ढुवानीका लागि मरुवा–नैनखाडी–आहालेतर्फको सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

ट्रिपर व्यवसायीको प्रदर्शन र स्थानीयको विरोधका कारण कटारी क्षेत्रमा चुनढुंगा ढुवानीको विषय थप विवादित बनेको थियो। कटारी बजार प्रवेश गर्ने सडक अवरुद्ध हुँदा यात्रुसमेत समस्यामा परेका थिए।

बिहीबार व्यवसायी र मर्जेतपुरका स्थानीयबीच छलफल भएको थियो। छलफलमा व्यवसायीले स्थानीयका समस्याप्रति सचेत हुँदै चुनढुंगा ढुवानी गर्ने र आवश्यक परेको अवस्थामा सहयोग उपलब्ध गराउने सहमति गरेपछि बिहीबार दिउँसोदेखि अवरुद्ध सडक सञ्चालनमा आएको हो।

Tags: ट्रिपरमदन भण्डारी राजमार्ग
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी
समाचार

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

by माधव पोख्रेल
अशोज २२, २०८३
0

उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उदयपुरबाट विभिन्न क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा आठ जनाले उम्मेदवारी दिएका छन्। उदयपुरबाट महाधिवेशन प्रतिनिधि बनेर...

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो
पर्यावरण

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

by माधव पोख्रेल
अशोज २२, २०८३
0

उदयपुर : त्रियुगा नगरपालिका–२ का स्थानीयले घरायसी प्रयोजनका लागि बालुवा, गिट्टी र ढुंगालगायत नदीजन्य पदार्थ प्रयोग गर्न नपाउँदा समस्या भएको गुनासो...

भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

अशोज २२, २०८३
बरुवा क्याम्पसमा प्राविधिकसहित नयाँ शैक्षिक कार्यक्रम विस्तार गरिने

बरुवा क्याम्पसमा प्राविधिकसहित नयाँ शैक्षिक कार्यक्रम विस्तार गरिने

अशोज २२, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

अशोज २२, २०८३
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?

कोशीमा फरार प्रतिवादीविरुद्ध प्रहरीको खोजी अभियान, १६ पक्राउ

अशोज २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

ट्रिपर सञ्चानलमा राेक लगाएपछि सडक अवरुद्ध

अशोज २२, २०८३
कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

कांग्रेस महाधिवेशनमा उदयपुरबाट आठ जनाको उम्मेदवारी

अशोज २२, २०८३
नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

नदीजन्य पदार्थ उत्खनन र पूर्वाधार निर्माणमा स्थानीयको गुनासो

अशोज २२, २०८३
भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

भारतको सहयोगमा सुविधा सम्पन्न नगर अस्पताल निर्माण सुरु

अशोज २२, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    968 shares
    Share 387 Tweet 242
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    357 shares
    Share 143 Tweet 89

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.