Saturday, November 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भोजपुरमा चिराइतोको भाउ घट्दा किसानलाई मार

रासस by रासस
मंसिर ५, २०८३
in समाचार
0
भोजपुरमा चिराइतोको भाउ घट्दा किसानलाई मार
52
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) रु २० हजारका दरले कारोबार भइरहेको छ । गत वर्ष यही समयमा चिराइतो प्रतिमन रु २५ हजारदेखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष प्रतिमन रु पाँच हजारदेखि रु १० हजारसम्म मूल्य घटेको उनको भनाइ छ ।

उनका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको उनले जानकारी दिए। उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उनको भनाइ छ ।

यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको उनले बताए । आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको राउतले बताए । उत्पादन भएको चिराइतो बजारमा बिक्री गर्न तयार भए पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन नसकेको उनले बताए ।

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ । राउतका अनुसार चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ । बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या रहेको उनले बताए।

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएको छ ।

चिराइतोखेती तथा सङ्कलनबाट किसानले खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् । यसको उत्पादन, सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ ।

स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रमा अझ आम्दानी बढाउन सकिने किसानहरुको भनाइ छ ।

Tags: #भोजपुर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति
समाचार

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
0

सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका–२ भुटाहामा शनिबार दिउँसो आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट ३...

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल
विविध

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०८३
0

इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी शाखाको अध्यक्षमा पुनः गुरु ढकाल निर्वाचित भएका छन् । ढकाल यसअघि पनि अध्यक्ष...

हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा दुई दुर्घटना : एकको मृत्यु, चार घाइते

मंसिर ५, २०८३
धरानको डम्पिङ साइटको धुवाँले बढायो स्वास्थ्य र वातावरणीय जोखिम

धरानको डम्पिङ साइटको धुवाँले बढायो स्वास्थ्य र वातावरणीय जोखिम

मंसिर ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

भुटाहामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, ३ लाखभन्दा बढीको क्षति

मंसिर ५, २०८३
राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

मंसिर ५, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापा : हात्तीको डरले रातभर जाग्राम, पाकेको बाली जोगाउनै मुस्किल

मंसिर ५, २०८३
नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

नेपाल प्रथम प्रतिभासहित १२ विद्यार्थी सम्मानित

मंसिर ५, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1093 shares
    Share 437 Tweet 273
  • बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    848 shares
    Share 339 Tweet 212
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    389 shares
    Share 156 Tweet 97
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    339 shares
    Share 136 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन