कटारी–वेतेनी सडकखण्डमा कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ ख नम्बरको खाली कन्टेनर कटारी नगरपालिका–८ सिरिसेस्थित सानादमारमा दुर्घटना हुँदा कटारी–८ का मीनबहादुर राना मगर र सिरहाका राकेश यादवको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका चालक झापा दमकका योगेन्द्र दाहाल र वराहक्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई थप उपचारका लागि विराटनगर प्रहरीले जनाएको छ ।














Discussion about this post