नजिकिदैँ गरेको चाडबार्डलाई मध्यनजर गर्दै इटहरीमा यात्रु सहायता कक्ष उद्धघाटन गरिएको छ ।
विभिन्न स्थानबाट आवत जावत गर्ने यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै इटहरी ९ मा सहायाता कक्ष स्थापना गरिएको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार यात्रुहरुको सुविधाका लागि उक्त सहायता कक्षको उद्धघाटन गरिएको हो ।
यात्रामा आइपर्ने समस्याको तत्काल समाधान गर्नका लागि उक्त यात्रु सहायता कक्ष स्थाापना गरिएको शर्माले बताए ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसी लगायत विभिन्न सरोकारवाला संघ संस्थाका प्रतिनिधि, नागरिक समाज तथा यात्रुहरु समेतको उपस्थितिमा कक्षको उद्घाटन गरिएको उनले बताए ।














Discussion about this post