इमोबाट तपाईलाई चिठ्ठा पर्यो भन्दै फोन आएको छ ? होसियार तपाईलाई पुरस्कार पर्यो भन्दै कसैले झुक्याउन खोजिरहेको छ । विभिन्न बाहाना देखाउँदै सर्वसाधरणहरुबाट लाखौ रुपैयाँ ठगी गर्ने एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
इटहरी तथा विभिन्न ठाउँका सर्वसाधरणहरुलाई ठगी गर्दै आएका सिरहा घर भएका अरबिन्द्र कुमार कामतीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार इमो मार्फत सर्वसाधरणहरुलाई ठगी गदै आएका कामतीलाई पक्राउ गरिएको हो ।
पछिल्लो समय इमो, फेसबुक, म्यासेन्जर लगायतमा चिठ्ठा परेको आश्वसन देखाउँदै ठगी गर्दै आएका उनलाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post