इटहरीमा आजदेखि पीसीआर परीक्षण नहुने समाचार बाहिरिएसँगै इटहरी कांग्रेसले आपत्ति जनाएको छ ।
मंगलबार इटहरी उपमहानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै बुधबार आजदेखि पीसीआर परीक्षण नहुने कुरा जनाएसँगै कांग्रेसले आपत्ति जनाएको हो । रोकिएको पीसीआर परीक्षण तत्काल सुरु गर्न काँग्रेसले माग गरेको छ ।
इटहरी उपमहानगरले परीक्षणको लागि रिएजेन्टको अभाव देखाउँदै परीक्षण बन्द गर्नु गैरजिम्मेवार भएको कांग्रेस इटहरीका कार्यबाहक सभापति कोविदजंग कार्कीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तत्काल पीसीआर परीक्षण सुरु गर्नुपर्ने र माग सम्बोधन नभए नेपाली काँग्रेस इटहरीमा संघर्षमा उत्रने चेतावनी समेत दिईएको छ ।
दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको र उपमहानगरपालिकाले नागरिकको स्वास्थ्यमाथि नै गम्भीर खेलवाड गरेको समेत कांग्रेसले बताउँदै आएको छ ।














Discussion about this post