मास्क नलगाइकन हिड्नेलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार मास्क नलगाउनेलाई जरिवाना मात्र गराएको प्रहरीले आज मास्क नलगाउने मानिसलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन र इटहरी उपमहानगरपालिकाको संयोजनमा बढि भीडभाडयुक्त स्थानमा भेटिएका मानिसलाई पक्राउ गर्दै इटहरीको बुढीखोला छेउमा रहेको प्राचि भवनमा लगिएको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायव उपरीक्षक अर्जुन केसीले आज बुधबार धरानलाइनबाट मास्क नलगाउने दर्जन बढीलाई पक्राउ गरेको जनाकारी दिए ।

बजारमा सर्वसाधारणको हेलचेक्राईँ बढेको उदृत गर्दै उनले मंगलबार मास्क नलगाइकन हिड्ने व्यक्तिलाई एक सय रूपैयाँ जरिवाना गरिएको बताए ।
पछिल्लो समय कोरोनाको केन्द्र इटहरी भएकाले सचेत रहन प्रहरीले अपिल गरेको छ ।












Discussion about this post