उदयपुरको कटारी नगरपालिका– १४ भदौरे स्थित सिद्धिचरण लोकमार्गमा स्कारपियो दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।
अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
भैरहवाबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा पाँच जनाको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा परेर ओखलढुङ्गा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अन्यको पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा परेर ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कारपियो चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।














Discussion about this post