इटहरी : धरान ३ पुरानो बजारमा सवारी दुर्घटना हुँदा इटहरीका ५ जना घाईते भएका छन् ।
को २ ह ६४३६ नम्बरको अटो टेम्पो आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाईते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घाईते हुनेमा सबैजना इटहरी ३ का रहेका छन् ।
सोही ठाउँका टेम्पो चालक दाछिरिङ शेर्पा घाईते भएका छन् ।
त्यस्तै, ४० बर्षीया देवीमाया शार्की, ३९ बर्षीया उर्मीला खड्का, ८ बर्षीया समीक्षा खड्का र ६ बर्षीय ओस्कर खड्का घाईते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ।















Discussion about this post