वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी ९ का का ५६ बर्षीय पुरुष रहेका छन् ।
उनको हिजो राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्तिक १ गते मृतकलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।
यो सँगै इटहरीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ पुगेको इटहरी अस्पतालले जनाएको छ ।















Discussion about this post