मोरङको बेलबारी नगरपालिका–४ को भित्री सडकखण्डमा हिजो बुधबार राति भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । भने भने दुई जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ गइरहेको को ३२ प ५६३७ नम्बरको स्कुटर गएराति ११ः४५ बजे अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक बेलबारी नगरपालिका ४ घर भएकी १९ वर्षीया समीक्षा राई गम्भीर घाइते भएकोमा उपचारार्थ विराटनगरस्थित न्युरो अस्पताल पठाइएकोमा उनको उपचारका क्रममा आज बिहान १ बजे ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताएका छन् ।
दुर्घटनामा सोही स्कुटरको पछाडि सवार १८ वर्षीया अनुपमा राई र १६ वर्षीया सुमित्रा राई घाइते भएको बताउँदै निरीक्षक ढकालले अनुपमालाई उपचारार्थ विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएको र सुमित्राको विराटचोकस्थित सुकुना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक ढकालले बताएका छन् ।
Discussion about this post