इटहरीमा आमाको दूध सर्केर अढाई महिने बालिकाको मृत्यु भएको छ ।
इटहरी १४ घर भएका ती बच्चालाई केही दिन अघि निमोनिया समेत भएको थियो । बच्चाकी आमाले दूध खुवाउँदा निल्न नसकेपछि उपचार लागि इटहरी अस्पताल ल्याउँदै गर्दा बाटैमा ती बालिकाको मृत्यु भएको हो । उनलाई डाक्टरले परीक्षण गर्दा श्वासप्रश्वास र मुटुको कार्य रोकिएको थियो ।
अस्पताल ल्याए पनि बच्चाको बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार केही दिन अगासड देखि निमोनिया भएको थियो ।बच्चाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूध पनि निल्न नसक्ने अवस्थामा दूध सर्किएको उनको भनाई छ ।
केही बच्चाले दूध खाए लगत्तै बान्ता गर्ने तथा सुतेको बेला असहज हुने भएकाले तत्काल छोड्न नहुने उनको भनाई छ ।















Discussion about this post